काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएको छ ।
कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । अन्तिम मतपरिणम अनुसार नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ । जसअनुसार एमालेले ३४ सिट पाएको छ।
त्यस्तै, नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मतका साथ ३२ सिट प्राप्त गरेको छ । भने ११ लाख ७५ हजार छ सय ८४ मत पाएको नेकपा माओवादी केन्द्रले १४ सिट पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४ मत ल्याएको छ । जसअनुसार उसले १३ सिट पाउन सफल भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार आठ सय ४९ मत ल्याएर ७ सिट प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १३ मत पाएको छ । जसअनुसार जसपाले ५ सिट पाएको छ भने जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५ मत ल्याएर ५ सिट पाउन सफल भएको छ ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् ।



