images
images

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा


  • 683
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

    काठमाडौ । बाढीले लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ । थप ५० घर उच्च जोखिममा रहेका छन् । आइतबारदेखि निरन्तर परेको वर्षासँगै दोर्दीखोलामा आएको बाढीले १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए। 

    घलेका अनुसार नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासीले केहिपनि निकाल्न पाएनन् । एक सय ६ घर रहेको सो गाउँका ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ । 

    त्यस्तै, पाँच÷छवटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए। ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ ।

    स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०र १२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । 

    “विगतमा पनि खोलामा बाढी नआएको  होइन तर यसरी आएको पहिलोचोटि नै हो”, वडाध्यक्षले भने । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने उनले बताए। 


    images
    images

    Logo