images
images

११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी कति ?


  • 338
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    ११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुको  निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघका अनुसार मंसिर तेस्रो सातामा बैंकहरुको निक्षेप सो रुपैयाँ बराबर बढ्न पुगेको हो । 

    संघका अनुसार मंसिरको दोस्रो साता ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेको निक्षेप तेस्रो सातामा ११ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ७३ अर्ब रुपैयाँमा पुगेको छ । 

    त्यस्तै, सो अवधिमा बैंकहरुको कर्जा लगानी भने १ अर्ब मात्रै बढ्न पुगेको छ । मंसिरको दोस्रो साता ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको कर्जा लगानी तेस्रो सातामा १ अर्बले बढेर ४२ खर्ब २३अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ ।


    images
    images

    Logo