images
images

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै पौडेलले दिए सर्वोच्चमा रिट


  • 450
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    रुपन्देही २ मा पुनः मतदानको माग गर्दै पौडेलले दिए सर्वोच्चमा रिट

    काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

    मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले एमालेका विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । 

    मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी एमालेका पौडेलसंग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए ।


    images
    images

    Logo