images
images

४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण


  • 503
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    ४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

    काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा हालसम्म ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाइसकेका निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुषालले जानकारी दिए । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

    “नेपाली कांग्रेसका उम्मेदवारहरू डा शशाङ्क कोइराला, विष्णुकुमार कार्की, महेन्द्रध्वज जिसी, नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल, तिलबहादुर महत, रवीन्द्र अधिकारी, रोशनबहादुर गाहा, पद्मा जिसी, लक्ष्मणबहादुर पाण्डेले निर्वाचन खर्च विवरण पेश गरिसक्नुभएको छ”, भुषालले भने, “नेपाली कांग्रेस (बीपी), नेकपा (एकीकृत समाजवादी), मङ्गोल नेशनल पार्टी, नेपालका लागि नेपाली, हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमुक्ति लगायतका पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन खर्च बुझाउनुभएको छ ।”

    जिल्लामा स्थानीय निर्वाचनमा निर्वाचन खर्च बुझाउनेभन्दा नबुझाउने उम्मेदवार धेरै थिए । निर्वाचन कार्यालयले पटकपटक ताकेता गर्दा पनि बुझाउन नआउँदा जरिवाना तिर्नुपरेको थियो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्म ४५ उम्मेदवारले खर्च विवरण पेश गरिसकेको कार्यालयले जनाएको छ । 

    मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्न नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा पुस १५ गतेसम्म समयावधि रहेको छ ।


    images
    images

    Logo