काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म १ करोड ५ लाख ६० हजार ६७ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । एमालेले २८ लाख २४ हजार १ सय २२ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६७ हजार ३ सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८७ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । साथै, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ५५, जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ६१, नेकपा (एकीकृत समाजवादी) पार्टीले २ लाख ९६ हजार ५ सय ७१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ९६ र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६ लाख ६५ हजार ४ सय ६०, कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९८ हजार ५ सय ११,माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५ र जनता समाजवादी पार्टी, नेपालले ६१ हजार ७ सय २३ मत प्राप्त गरेका छन् ।
मधेस प्रदेशमा कांग्रेसले ४ लाख १ सय ४४, एमालेले ३ लाख ५१ हजार ७ सय ६८, जनता समाजवादी पार्टी नेपालले २ लाख ९८ हजार सात सय ७४, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७ र माओवादी केन्द्रले १ लाख ८० हजार ८ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) १ लाख १३ हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।
बाग्मती प्रदेशमा एमालेले ५ लाख ६२ हजार ६ सय ७५, कांग्रेसले ४ लाख ७१ हजार ९ सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७२ हजार ८९, माओवादी केन्द्रले दुई लाख ७० हजार तीन सय ७२ र नेपाल मजदूर किसान पार्टीले ६८ हजार ६ सय ५४ मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमा एमालेले ३ लाख ६७ हजार ९ सय ८९, कांग्रेसले ३ लाख ४९ हजार ६ सय २८, माओवादी केन्द्रले १ लाख १६ हजार ९ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार ४ सय ८३ र नेकपा (एकीकृत समाजवादी) १५ हजार ७६ मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेका छन् ।
कर्णाली प्रदेशमा एमालले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माआवादी केन्द्रले एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी) ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार १८६, नेकपा (एकीकृत समाजवादी) ३५ हजार, आठ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ र नेपाल मजदूर किसान पार्टी आठ हजार नौ सय ९३ मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ६३ हजार १७, कांग्रेसले दुई लाख ५८ हजार आठ सय २७, माओवादी केन्द्रले एक लाख २० हजार एक सय ५९, राप्रपाले ४३ हजार एक ४२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५७ मत प्राप्त गरेका छन् ।



