काठमाडौं । साताको तेस्रो दिन शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८७ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ८८ विन्दुमा पुगेको छ ।
मंगलबार २ सय ३८ स्क्रिपको ९६ करोड ५२ लाख रुपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता शेयर किनबेच भएको छ । सोमबार १ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार रकम भने अर्बबाट करोडमा झर्को छ ।
कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक बढेको छ भने बाँकी १० उपसमूहको सूचक घटेको छ।आज ७८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ९ कम्पनीको शेयर मुल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पपनीको ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन धौलागिरि लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.१७ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ५.८६ प्रतिशत,हिमालयन बैंकको ४.१५ प्रतिशत र खप्तड लघुवित्तको शेयरमूल्य ४.०१ प्रतिशतले बढेको छ।



