images
images

बुटवलबाट दाङमा सर्यो लुम्विनीको मुख्यमन्त्री कार्यालय


  • 426
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    बुटवलबाट दाङमा सर्यो लुम्विनीको मुख्यमन्त्री कार्यालय

    काठमाडौं । लुम्विनी प्रदेशको मुख्यमन्त्री कार्यालय वुटवलबाट दाङमा सरेको छ । सोमबार मुख्यमन्त्री कार्यालय र निजी सचिवालय  बुटवलबाट दाङको देउखुरीमा ल्याएको हो । 

    लुम्बिनी प्रदेश कार्यायल वुटवलमा थियो ।  मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको छ ।दाङबाट सोमबार राति साढे १० बजेतिर मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर मुख्यमन्त्रीसहितको टोली बुटवलबाट स्थायी राजधानी देउखुरीका लागि हिंडेको थियो । यससँगै बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ ।

    राति बुटवलबाट सामान लिएर हिँडेको ट्रक आज बिहान दाङ देउखुरी आइपुगेको थियो । ती सामान प्रहरीहरुको सहयोगमा व्यवस्थापन गरिएको छ । लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले २०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिएको थियो । 


    images
    images

    Logo