काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । लाख नजिक पुगेको सुनको मूल्य आज फेरि ओरालो लागेको छ । मंगलवार छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सोमवार छापावाला सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।