images
images

विश्वकप फुटबल : क्रोएसिया र ब्राजिल क्वाटरफाइनलमा


  • 359
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    विश्वकप फुटबल : क्रोएसिया र ब्राजिल क्वाटरफाइनलमा

    काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । 

    आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि(क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

    खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । 

    त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

    क्रोएसियाका जीतमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गरेका थिए । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो ।

    ब्राजिल क्वाटरफाइनलमा

    ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि(क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

    ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४–० ले अग्रता लियो ।  

    खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४–१ गोलअन्तरले आफ्नो पक्षमा पा¥यो ।

     ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।


    images
    images

    Logo