images
images

राजश्व छलिको आशंकामा  सामानसहितको ट्रक पक्राउ


  • 286
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    राजश्व छलिको आशंकामा  सामानसहितको ट्रक पक्राउ

    बीरगंज। राजश्व छलिको आशंकामा सशस्त्र प्रहरीले  सामान सहितको ट्रक   पक्राउ गरेको छ ।
    प्रज्ञापन पत्रमा भएको विलविजक भन्‍दा बढी मालसामान रहेको भन्ने विशेष सुचनाको आधारमा वीरगंज महानगरपालिकाको पावर हाउस चोकबाट सो  ट्रक नियन्त्रणमा लिएको हो ।

     सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ५ ख ९४३५ नम्बरको ट्रक पक्राउ गरेको हो ।

    अनुमानित  ३६ लाख ८४ हजार ६१ रुपैया बराबरको  सामानसहितको ट्रक  आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जनाइएको छ।


    images
    images

    Logo