images
images

सेन्ट्रल पाम्स होटललाई मेनुसहित ७ दिनभित्र उपस्थित हुन विभागको निर्देशन


  • 390
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    सेन्ट्रल पाम्स होटललाई मेनुसहित ७ दिनभित्र उपस्थित हुन विभागको निर्देशन

    काठमाडौं । चितवनको सेन्ट्रल पाम्स होटललाई मेनुसहित ७ दिनभित्र उपस्थित हुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता  संरक्षण विभागले निर्देशन दिएको छ । आज एक सुचना जारी गर्दै होटलको मेनुसहित ७ दिनभित्र उपस्थित हुन विभागको निर्देशन दिएको हो । 

    चितवनको नारायणगढमा रहेको उक्त होटलले मेनुमा उल्लेख गरेको रकममा १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत अतिरिक्त भ्याट लिएको भन्दै विभागमा उजुरी परेको थियो । 

    उपभोक्ताले विभागमा उजुरी गरेपछि सोमबार नै विभागका तर्फबाट होटललाई पत्र लेख्दै मेनुमा नै सबै शुल्क समावेश हुने गरी मूल्य उल्लेख गरेको मेनु लिएर एक साताभित्र विभागको केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । 

    chitwan_4AnO2xoUQU.jpg

     


    images
    images

    Logo