images
images

समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा, कसको कति आयो मत ?


  • 441
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा, कसको कति आयो मत ?

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म १ करोड ४ लाख २५ हजार ३ सय ४ मतगणना सम्पन्न भएको छ ।

    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ९० हजार २ सय ८० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ६३ हजार ३ सय ५२ मतसहित दोस्रो स्थानमा रहेको छ ।
     
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार २ सय २९, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ५४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६ सय ४६, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय २३ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको ३ प्रतिशत ल्याउनु पर्नेछ ।

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रको मत परिमाण सार्वजनिक भएको छ । जसमा निर्वाचन आयोगको अनुसार प्रत्यक्षतर्फ कांग्रेसले ५७ सिट जितेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जनता समाजवादी (जसपा)ले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७ र राष्ट्रिय स्वतन्त्र पार्टी ७ सिट जितेको छ । 

    त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ  भने नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । यसैगरि राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी १/१ स्थानमा विजयी भएका छन् ।

     

     


    images
    images

    Logo