काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्षतर्फबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभामा ५ जना र प्रदेश सभामा १२ जना रहेका छन् ।
निर्वाचन आयोजले सार्वजनिक गरेको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ प्रदेश नंम्वर १ बाट १ जना, मधेश प्रदेशबाट ३ जना र लुम्विनी प्रदेशबाट १ जना निर्वाचन भएका छन् । जसमा प्रदेश नंम्वर १ बाट योगेन्द्र मण्डल रहेका छन् । भने मधेश प्रदेशबाट अमरेश कुमार सिह, अमरेश कुमार सिह र प्रभु साह रहेका छन् । त्यस्तै, लुम्विनी प्रदेशबाट लालविर चौधरी रहेका छन् ।

यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित भएका छन् । भने लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्र कुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित भएका छन् ।
यस्तै कर्णाली प्रदेशसभामा देवेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तारा प्रसाद जोशी निर्वाचित भएका छन् ।







