images
images

तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा


  • 310
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा

    काठमाडौं । डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा दिएकी छिन् । प्रतिनिधि सभा सदस्यमा ललितपुर ३ बाट निर्वाचित भएसँगै कार्कीले आइतबार राजिनामा दिएकी हुन् । 

    काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

     


    images
    images

    Logo