images
images

विश्वकप फुटवलमा आज कुन खेल कति बजे ?


  • 375
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    विश्वकप फुटवलमा आज कुन खेल कति बजे ?

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । समूह चरणको खेल सकिएसँगै नकआउट चरणका खेलहरु सुरु भएको हो । 

    आजको खेल क्रोएसिया र जापान बीच हुनेछ। नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।  

    यस्तै, आजको दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।


    images
    images

    Logo