काठमाडौं । १० वर्ष अवधि नाघेका विद्यार्थीले मौका परिक्षा दिन पाउने भएका छन् । सोमवार त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीका लागि यस्तो व्यवस्था गरेको हो ।
विश्वविद्यालयले सेमेष्टर परीक्षा प्रणाली अनुसार संचालन भएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तिर्ण हुन नसकेका विद्यार्थीका लागि यस्तो व्यवस्था गरेको हो ।
सो आवेदनमा इच्छुक विद्यार्थील परीक्षा आवेदन फारम माघ १६ गतेसम्ममा बुझाउनुपर्ने त्रिविले जनाएको छ ।
