images
images

१४ जिल्लाका घरजग्गा बेच्दै प्रभु बैंक, कुन कुन जिल्लाको हुँदैछ विक्री ?


  • 561
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    १४ जिल्लाका घरजग्गा बेच्दै प्रभु बैंक, कुन कुन जिल्लाको हुँदैछ विक्री ?

    काठमाडौं । प्रभ बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न १४ जिल्लामा रहेका घर जग्गा बिक्री गर्ने भएको छ । बैंकले सोमवार सूचना जारी गर्दै  आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानका गैरबैंकिङ जग्गा बिक्री गर्ने जनाएको हो । 

    बैंकले विभिन्न २९ स्थानमा रहेका जग्गा बिक्री गर्नकाका लागि ७ दिनभित्र बैंकको प्रधान कार्यालय काठमाण्डौमा शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । 

    खरिद गर्न ईच्छुक खरिदकर्ताले विभिन्न शर्तहरुको अधिनमा रही मंसिर २५ गतेभित्र  आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । 

    बैंकले मालपोत कार्यालय सुनसरी, मालपोत कार्यालय काभ्रे, मालपोत कार्यालय धादिङ, मालपोत कार्यालय ललितपुर, मालपोत कार्यालय हरिवन सर्लाही, मालपोत कार्यालय विराटनगर मोरङ्ग, मालपोत कार्यालय कावासोती नवलपरासीमा दर्ता भएका घरजग्गा बिक्री गर्न लागेको छ । 

    त्यस्तै, मालपोत कार्यालय भैरहवा रुपन्देही, मालपोत कार्यालय वालिङ स्याङ्जा, मालपोत कार्यालय सिन्धुपाल्चोक, मालपोत कार्यालय भद्रपुर झापा, मालपोत कार्यालय टोखा सरस्वती काठमाण्डौमा, मालपोत कार्यालय चितवन, मालपोत कार्यालय दोलखा र मालपोत कार्यालय कलंकीमा दर्ता भएका घरजग्गा पनि बैंकले विक्री गर्ने भएको छ । 

    s.JPG


    images
    images

    Logo