काठमाडौं । बिहेको सिजन सुरु भएसँगै सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमवार छापावाला सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आइतवार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा बारोबार भएको सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।