images
images

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै माओवादीका गंगा कार्की विजयी


  • 345
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    दोलखामा एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै माओवादीका गंगा कार्की विजयी

    दोलखा  । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् ।

    उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ । कार्कीलाई क्षेत्र नम्बर १ अन्तर्गतको पालिकाहरुबाट अत्याधिक मत प्राप्त भएर क्षेत्र २ बाट कम मत आएपनि जित निकालेरै छाडे । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा राम्रो मत पाएपनि जित्न सकेनन् ।

     भिमेश नगरपालिकाबाट उदायका शिवाकोटी तामाकोशी र बैतेश्वरमा पछि परेपछि बाँकी रहेका विगु, शैलुङ र मेलुङबाट उनलाई कार्कीलाई पछि पार्दै जित हासिल गर्न मत पुगेन । यद्धपी, उनले यो क्षेत्रमा गठबन्धनले भन्दा बढी मत पाएका छन् ।

    सो सँगै २०४८ सालदेखि राजनीतिमा सक्रिय रहेका जिल्लाका पुराना नेताले दोलखा विकासको अधिकार पाएका छन् । अहिले सम्म संसदीय पदमा नपुगेका कार्कीलाई पहिलो पटक दोलखाली जनताले जिताएर संसदमा पु¥याएका छन् । अब दोलखा विकासको जिम्मेवारी माओवादी नेता कार्कीको काँधमा आएको छ । उनी जिल्लाका प्रभावशाली, इमान्दार र निष्ठावान नेताका रुपमा परिचित छन् ।

    प्रदेशसभातर्फ भने हिजै क्षेत्र १ मा कांग्रेसका केन्द्रिय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकाले ।


    images
    images

    Logo