काठमाडौं । दोलखामा प्रतिनिधि सभाको मतगण ना अन्तिमतिर पुग्दा थप रोचक बनेको छ । प्रत्येक गणनाको नतिजामा कहिले गठबन्धनका उम्मेदवार त कहिले एमाले उम्मेदवार अघि लाग्ने कांग्रसकै त्यहाँ कस्ले बाजि मार्नेहो भन्ने यकिन हुन सकेको छैन ।
सोमवार बिहान ८ वजेको नतिजा अनुसार गठबन्धनबाट उम्मेदवार बनेका गंगा कार्कीले ३५ हजार ७ ९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५ सय ९५ मत ल्याएका छन्।
८१ हजार ८८ मत गणना हुँदा एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर अहिले १ हजार १ सय ९५ छ।
बिहान ७ वजेको मतपरिणाममा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीको गंगा कार्कीको अग्रता तोड्दै एमालेका बालकृष्ण शिवाकोटीले ३० मतको अग्रता लिएका थिए ।
त्यतिवेला नेकपा एमालेका शिवाकोटीले ३३ हजार ९ सय ३९ मत ल्याएका थिएभने उनका प्रतिस्पर्धी कार्कीले ३३ हजार ९ सय ९ मत पाएका थिए ।
अब विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा), मेलुङ गाउँपालिका १ (पवटी), गणना हुन बाँकी छ । ओराङको मत गन्नुअघि कार्की १ सय १४ मत अन्तरले अघि थिए ।
एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको दोलखामा ८५ हजार ३ सय ८८ खसेको थियो । त्यहाँ अब करिव ७ हजार मत गणना गर्न बाँकी रहेको जनाइएको छ ।



