काठमाडौं । एनएमबी बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ४४ हजार ७ सय ६१ कित्ता शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको न्युनतम शेयर मूल्य प्रतिकित्ता १ सय ८० रुपैयाँ तोकिएको छ । साथै सो शेयरमा आवेदन दिँदा लगानीकर्ताले न्युनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई पुस ४ गते दिनको २ बजेभित्र भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोध गरेको छ ।