images
images

दोलखामा ३० वर्षे इतिहास ब्रेक गर्दै कांग्रेसका कुन्दराज काफ्ले विजयी 


  • 1.1K
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    दोलखामा ३० वर्षे इतिहास ब्रेक गर्दै कांग्रेसका कुन्दराज काफ्ले विजयी 

     काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८ सय ७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २३ हजार २ सय ३१ मत पाएका छन् ।

     नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् ।  काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । २०५२ सालको उप—निर्वाचनमा स्व। नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् । 

    कांग्रेसको ३० वर्षपछि शाख फिर्ता ल्याउँने को हुन काफ्ले ?

    काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनिति सुरु गरेका थिए । काफ्ले स्ववीयु सदस्य हुदै पशुपति क्याम्पसको स्ववीयू सचिव बनेका थिए । वि.स. २०६० सालमा पशुपति क्याम्पस स्ववीयू सभापति बनेका काफ्ले लगतै अर्थात २०६१ सालमा  नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बने । 

    त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा  नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री बनेका थिए । नेपाली कांग्रेस १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बने । भने काग्रेस १४ औ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुदै २०७९ को आम निवार्चनमा दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।


    images
    images

    Logo