images
images

नेशनल लाइफका सिईओको तलब करिब ७९ लाख रुपैयाँ


  • 399
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    नेशनल लाइफका सिईओको तलब करिब ७९ लाख रुपैयाँ

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले तलब वापत करिब ७९ लाख रुपैयाँ बुझेका छन् । इन्स्योरेन्सले १ वर्षका सीईओ खत्रीलाई तलब भत्ता वापत कुल ७८ लाख ९१ हजार ३५ रुपैयाँ भुक्तनी गरेको हो । 

    खत्रीले तलब भत्ता बापत ६६ लाख ३० हजार रुपैयाँ बुझेका छन् । त्यस्तै, कर्मचारी बोनस बापत १२ लाख ६० हजार रुपैयाँ लिएका छन् । 

    इन्स्योरेन्सले गत वर्ष सीईओलाई  तलब भत्ता तथा बोनस बापत १ करोड १० लाख रुपैयाँ भुक्तानी गरेको थियो । जसमध्ये खत्रीले केहि रकम पाएका थिए भने बाँकी रकम अघिल्लो सिर्इओले प्राप्त गरेका थिए ।


    images
    images

    Logo