images
images

पुष्प व्यवसायमा दैनिक एक करोड नोक्सान, २५ प्रतिशत व्यवसायि अन्य पेशामा


  • 477
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    पुष्प व्यवसायमा दैनिक एक करोड नोक्सान, २५ प्रतिशत व्यवसायि अन्य पेशामा

    काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण पुष्प व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न नसकेको र अहिले दैनिक करिब रु एक करोड नोक्सान बेहोर्नुपरेको छ । 

    अहिले मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको  फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । 

    उनका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुने गरेको थियो तर अहिले मुस्किलले रु दुई लाखसम्मको मात्र कारोबार हुन्छ । 

    उनका अनुसार फूलको कारोबार अत्यन्त कम हुने र अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादनकै प्रयोग हुन पाए थोरै भए पनि व्यवसाय चलायमान हुने बताए ।

    २५ प्रतिशत व्यवसायि अन्य पेशामा पलायन

    पछिल्लो समय महामारीका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको एशोसिएशनले बताएको छ  । लामो समयसम्म यस पेशाामा कारोबार नहुँदा बजार लान तयार भएका फूलहरु नष्ट गर्नुपरेको पुष्प व्यापारी राम उप्रेतीले बताए ।   
     
    उप्रेतीले विगत १० वर्षदेखि कलङ्कीमा पुष्प व्यासाय सञ्चालन गर्दै आएको र वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गथ्र्यो तर  अहिले आम्दानी शून्य भएर दैनिकी चलाउन पनि अन्य विकल्प खोज्नुपरेको बताए ।    
      
    मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

    अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई÷तीन अर्ब  फूलको कारोवार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।  

    विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।  

    फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

    नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको भए पनि महामारीको कारण अहिले भने सङ्कटमा परेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यसायीले यसको खेती विस्तार गरिसकेका छन् ।  


    images
    images

    Logo