images
images

१९ अर्ब २६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 275
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    १९ अर्ब २६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रकम बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिनको लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल २८ दिनको पुस १९गते परिपक्क हुनेछ भने ९१ दिनको अगामी फागुन २३ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी जेठ २३ गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


    images
    images

    Logo