images
images

४३ हजार मेट्रिक टन मल मौज्दात : कृषि मन्त्रालय


  • 574
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    ४३ हजार मेट्रिक टन मल मौज्दात : कृषि मन्त्रालय

    काठमाडौं । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार ७ सय ६४ मेट्रिक टन युरिया, १९ हजार २ सय ८६ मेट्रिक टन र डीएपी  १ हजार ९ सय ३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार ९ सय ८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिए ।

    मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार ४ सय ४९ मेट्रिक टन मौज्दात छ । जसमा १५ हजार १ सय ७९ मेट्रिक टन युरिया, १८ हजार ४ सय ३२ मेट्रिक टन डिएपी र १ हजार ८ सय ३७ मेट्रिक टन पोटास छ । 

    त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग ६ हजार ५ सय ६४ मेट्रिक टन युरिया, ८ सय ५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल ७ हजार ५ सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।चालु आर्थिक वर्ष २०७९/८० का लागि मल खरिद गर्न सरकारले १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

    चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत् २ लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर आह्वान भएको थियो । जसमा १ लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार ५ सय मेट्रिक टन बिक्रीसमेत भइसकेको मन्त्रालयले जनाएको छ । 

    अहिलेसम्म कृषि सामग्री कम्पनी लिमिटेड ५७ हजार २ सय १२ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेका छन् । साथै, २० हजार मेट्रिक टन युरिया पुसको पहिलो हप्ता नेपाल आइपुग्ने पनि कृषि मन्त्रालयले जनाएको छ । टेन्डर भएको बाँकी मल माघ तथा फागुन महिनामा नेपाल आइपुग्ने जानकारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले मन्त्रालयलाई दिएका छन् । 

    कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन रासायनिक मलमध्ये ५ हजार मेट्रिक टन भैरहवा र वीरगञ्ज नाकामा आइसकेको तथा १० हजार मेट्रिक टन मल विशाखापटनमबाट नेपालका लागि निकासी भैसकेको पनि मन्त्रालयको भनाइ छ ।


    images
    images

    Logo