काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.१६ अंक बढेर १ हजार ९ सय ६३ दशमलव २२ विन्दुमा पुगेको छ। यस दिन २४३ स्क्रिपको १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३६ लाख ९४ हजार कित्ता शेयर किनबेच भएको छ । छिनछिनको उतारचढावका बाबजुत अन्ततः नेप्से सूचक बढेर बन्द भएको हो ।
आज ९७ कम्पनीको शेयर मूलय बढेको छ । ८९ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूलयमा स्थिर आएको छ । १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको १९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ८ करोड ७७ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



