images
images

दोलखा : प्रतिनिधि सभामा एमाले र प्रदेश सभा १ मा कांग्रेसको अग्रता


  • 363
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    दोलखा : प्रतिनिधि सभामा एमाले र प्रदेश सभा १ मा कांग्रेसको अग्रता

    काठमाडौं ।  दोलखामा प्रतिनिधि सभामा नेकपा एमाले र प्रदेश सभा १ मा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । आइतबार बिहानबाट अग्रता लिन सुरू गरेको एमालेले पछिल्लो मत गणनामा अग्रता बढाएको हो।

    यहाँ एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १८ हजार ६ सय ६३ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार ७ सय ३७ मत पाएका छन्।

    यस्तै प्रदेश सभातर्फ एकमा नेपाली कांग्रेसका उम्मेदवार कुन्दन राज काफ्लेले अग्रता कायमै राखेका छन्।  काफ्लेले हालसम्म १८ हजार ७ सय २१ मत पाएका छन् भने नेकपा एमालेले नरबहादुर श्रेष्ठले १२ हजार ५ सय ४१ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रामबहादुर तामाङले १ हजार ७६ मत पाएका छन्।

    मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएकाे आरोपपछि बिहीबार पुन : मतदान गरिएको थियो।


    images
    images

    Logo