images
images

विश्वकप फुटबलमा आज कुन खेल कति बजे ?


  • 381
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    विश्वकप फुटबलमा आज कुन खेल कति बजे ?

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । समूह चरणको खेल सकिएसँगै हिजोबाट नकआउट चरणका खेलहरु सुरु भएको हो । 

    आजको खेल फ्रान्स र पोल्यान्डबीचको बीच हुनेछ। नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । फ्रान्स समूह ’डी’ को विजेता र पोल्यान्ड समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । 
     
    यस्तै, आज हुने अर्को खेलमा इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । साे खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । इङ्ल्यान्ड समूह ’बी’ को विजेता र सेनेगल समूह ’ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।  


    images
    images

    Logo