images
images

आकाशे पुल सुधारको काम तत्काल गर्न उपप्रमुख डंगोलको निर्देशन


  • 332
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    आकाशे पुल सुधारको काम तत्काल गर्न उपप्रमुख डंगोलको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरापालिका भित्र भएका निजी साझेदारी कार्यक्रम अन्तर्गतका  आकाशे पुलहरु तत्काल मर्मत गर्नुपर्ने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताए छन् । सार्वजनिक निजी साझेदारी एकाईका अधिकारीहरुसँग कुरा गर्दै उनले आजका दिनमा आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल गर्नुपर्ने खाँचो देखाउँदै यस्तो बताएका हुन् ।

    ‘आकाशे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बारहरु अग्ला भएकाले साँझ विहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ ।’ उपप्रमुख डंगोलले भने, ‘पुलका बार घटाउनु पर्छ । यी बारहरु पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाए । एक पटक बनाएर अलपत्र बनाएर हुँदेन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू ।’

    त्यस क्रममा महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौं टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए ।


    images
    images

    Logo