दोलखा । दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् ।
भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर केसीले नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई पराजित गर्दै बागमती प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
केसीले १९ हजार ४ सय १४ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याएका थिए ।
मंसिर ४ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न भएपनि दोलखाको केही मतदान केन्द्रमा सत्तागठबन्धनले बुथ कब्जा गरेको आरोपपछि निर्वाचन आयोगले मंसिर १५ गते १० मतदान केन्द्रमा पुन मतदान गराएको थियो ।
पराजय भएपछि कांग्रेस जिल्ला सभापति लामाले कांग्रेस र गठबन्धनले अन्र्तघात गरेर हराएको आरोप सामाजिक सञ्जाल मार्फत लगाएका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभा १ मा भने मतगणना भैरहेको छ । प्रदेश सभामा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्लेको अग्रता रहेको छ । प्रतिनिधिसभामा भने पछिल्लो समय एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन ।



