काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको चुक्ता गर्न बाँकी रकम जम्मा गर्ने समय थप गरेको छ । कम्पनीले आज एक सुचना गर्दै आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको हो ।
कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो।
सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिशेयर ८७ रुपैयाँका दरलेअसोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गरेको थियो।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन सक्नेछन् ।



