काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य लाख नजिक पुगेको छ । आइतवार छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।