धनगढी । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।
पाण्डेले ३१ हजार ७ सय ८६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३ सय ४९ मत पाए। यो नतिजासँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
एमालेमा केपी ओली निकट मानिएका स्थायी कमिटी सदस्य थापा २०७० को संविधानसभामा जितेर मन्त्री समेत भएका थिए । कांग्रेसका पाण्डे भने यसअघि संविधानसभामा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका हुन् । उनको यो पहिलो प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हो ।