काठमाडौं । नेकपा एमालेका नेता पुर्वमन्त्री एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।
मध्यपुर थिमि १ लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सुचना पाए लगत्तै प्रहरीको टोली सो स्थानमा पुगेको थियो ।
शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको भक्तपुर प्रहरीले जानाएको छ ।
आज बिहान सवेरै छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि २०७६ फागुनमा सोहि घरमा बम बिष्फोट हुंदा सामान्य क्षति भएको थियो । काभ्रेबाट निर्वाचित बास्कोटा काभ्रेस्थित घरमै रहेको रहेको जनाइएको छ ।