images
images

बाजुराको प्रदेशसभा १ मा कांग्रेसका शाहीको जित निश्चित 


  • 217
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    बाजुराको प्रदेशसभा १ मा कांग्रेसका शाहीको जित निश्चित 

    काठमाडौं । बाजुराको प्रदेशसभा १ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भएको छ । गणना हुन बाँकी मत भन्दा बढीले कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाल बहादुर थापालाई पछि पारेका छन् ।

    शाहीले १९ हजार सय ३७ मत पाउँदा थापाको १६ हजार १ सय ४५ मत छ । यी दुई बीचको मतान्तर २ हजार ८ सय ९२ छ । यहाँ अब गणना हुन बाँकी मत २ हजार ८ सय ४२ मत मात्रै छ ।

    यस अघि प्रदेश २ मा सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । यहाँ एमाले उम्मेदवार बलदेव रेग्मीलाई हराउँदै नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्।


    images
    images

    Logo