काठमाडौं । बाजुरा– १ बाट प्रदेशसभामा नेकपा एकीकृत समाजवादी (एस) का नरेशकुमार शाही विजयी भएका छन् । उनले १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार ६ सय ३२ मत पाएका छन् । शाहीले रेग्मीलाई २ हजार ३ सय ४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।
तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले १ हजार ९८ मत पाएका छन् ।