काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको छ । जारी मतगणनामा गन्न बाँकी मतभन्दा गुरुङको अग्रता धेरै भएसँगै उनको जित सुनिश्चित बनेको हो ।
अहिलेसम्मको मतगणना अनुसार २९ हजार ५ सय ६६ मतसहित अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सचिव पद्मा अर्यालले २३ हजार ५ सय ९१ मतसहित पछ्याइरहेकी छिन् । मतगणनामा ५ हजार २ सय १७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९ सय ७५ को मतान्तरको अग्रता लिएका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७ सय ५६ मत ल्याएका छन् ।अब चापाकोट नगरपालिका ८, ९ र १० को मतगणना गर्न बाँकी रहेको छ ।
नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुनः मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको हो ।



