काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बाजुराको प्रतिनिधिसभा सदस्यमा अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पाण्डेले १ हजार ६ सय ५८ मतले अग्रता लिएका छन्।
मतगणना सुरूभएदेखि नै अगाडि रहेका पाण्डेले १४ हजार २ सय १५ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले १२ हजार ५ सय ५७ मत पाएका छन् ।