काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । उनले १० हजार ७ सय ३७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ९ हजार ४ सय ७७ मतले पछ्याइरहेका छन् । उनीहरुबीचको मत अन्तर १ हजार २ सय सय ६० रहेको छ ।
जिल्लामा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थिए । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।