काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । जारी मतगणनामा गुरूङले २५ हजार ६ सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २२ हजार २ सय १३ मत ल्याएकी छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार ६ सय १० मत ल्याएका छन्।नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुनः मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको हो ।