images
images

एकैदिन २८ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 458
    SHARES
  • २०७९ मंसिर १७ गते शनिबार

    एकैदिन २८ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८ सय २८ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शुक्रबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ सय २४ जना, लेन अनुशासन पालना नगर्ने १ सय ४६ जना, रेड लाइडमा सवारी साधन चलाउने २५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६२ र नम्बर प्लेट राम्रोसँग नराख्ने ५५ जना चालक रहेका छन् । यस्तै २ हजार ३ सय १६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo