images
images

बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे


  • 436
    SHARES
  • २०७९ मंसिर १७ गते शनिबार

    बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

    काठमाडौं । बाजुरामा प्रतिनिधिसभाको मतगणना जारी रहेको छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार ७ सय ४ मतगणना गर्दा पाण्डेले १२ हजार ७ सय ५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् । 

    एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । 

    यस्तै प्रदेशसभा (१) मा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले ७ हजार ५ सय २५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले ७ हजार २ सय ७ मत प्राप्त गरेका छन् । यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ । 

    यसैगरी प्रदेशसभा (२)मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले ९ हजार २२ मत ल्याएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले ७ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई १ हजार ५ सय ७५ मतले पछ्याइ राख्नुभएको छ । 

    एमालेका उम्मेदवार थापा २०७४ साल को प्रतिनिधिसभाका निर्वाचित हुनुभएको थियो । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेर सङ्घीय संसद्का सदस्य बन्नुभएका थापा २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको हो । 

     


    images
    images

    Logo