images
images

दोलखामा गंगा कार्की अग्रता ,बालकृष्ण शिवाकोटी दोस्रो स्थानमा 


  • 563
    SHARES
  • २०७९ मंसिर १७ गते शनिबार

    दोलखामा गंगा कार्की अग्रता ,बालकृष्ण शिवाकोटी दोस्रो स्थानमा 

    काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् । 

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ७ हजार २ सय ९५ मतले पछ्याइरहेका छन् । उनीहरुबीचको मत अन्तर ७ सय रहेको छ ।

    दोलखाको प्रदेशसभा (१) मा १३ हजार ५ सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ६ हजार ४ सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ५ हजार ३ सय १९ मत ल्याएका छन् ।प्रदेशसभा (२) मा १७ हजार ४ सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले ७ हजार ९ सय सात र कांग्रेसका बर्मा लामाले ७ हजार ३ सय ७३ मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार ९ सय ७८ मत खसेको थियो ।

    जिल्लामा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थिए । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । 


    images
    images

    Logo