काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ४२ पैसा कायम रहेको छ ।त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ३७ रुपैयाँ १८ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ८६ पैसा रहेको छ।
