काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बाजुराको प्रतिनिधिसभा सदस्यमा अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पाण्डेले २ हजार २ सय २४ मतले अग्रता लिएका छन्।
मतगणना सुरूभएदेखि नै अगाडि रहेका पाण्डेले ११ हजार ७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८ हजार ८ सय ५२ मत ल्याएका छन् ।त्यहाँ २० हजार ६ सय ३६ मतगणना भएको जनाइएको छ ।
त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क) मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता लिएका छन्। उनले ७ हजार ४५ मत पाउँदा एकीकृत समाजवादीका नरेशकुमार शाहीको ६ हजार ८ सय ९३ मत पाएका छन्।