images
images

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरूङ २२१३ मतले अघि, प्रदेशमा पनि कांग्रेस अगााडि


  • 416
    SHARES
  • २०७९ मंसिर १७ गते शनिबार

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरूङ २२१३ मतले अघि, प्रदेशमा पनि कांग्रेस अगााडि

    काठमाडौं । स्याङ्जा २ पछिल्लो मतगणनामा नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन्। उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पारेका छन्।

    काँग्रेसका गुरुङले २२ हजार ४ सय ८० मत पाउँदा एमालेकी अर्यालको २० हजार २ सय ६७  मत पाएकी छिन। यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २ सय ३८ मत पाएका छन्।

    यसैबीच स्याङ्जा २ को (ख) तर्फ पनि नेपाली कांग्रेसका महेश भट्टराई अग्रता लिएका छन्। सुरुबाट नै अग्रता लिएका एमालेका बुद्धिमान श्रेष्ठलाई शनिबार बिहान १ सय ४२ मतले पछि पार्दै भट्टराईले अग्रता बनाएका हुन्। भट्टराईले  १० हजार २ सय ६१ मत पाएका छन् भने श्रेष्ठले १० हजार १ सय १९ मत पाएका छन्। 

    अब गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ।


    images
    images

    Logo