जारी विश्वकप प्रतियाेगितामा ब्राजिलकाे अविजित यात्रा राेकिएकाे छ । तेस्राे खेलमा म्यामरुनसँग १-० गाेल अन्तरले पराजित भएसँगै ब्राजिलले समूह चरणमा तीनवटै खेल जित्ने एकमात्र राष्ट्र हुनबाट चुकेकाे हाे ।
राती नै भएकाे खेलमा स्वीजरल्याण्डले सर्बियालाई ३-२ ले पराजित गरेकाे छ । याेसँगै समूह जी बाट ब्राजिल र स्वीजरल्याण्ड नकआउटमा प्रवेश गरेका छन् ।