काठमाडौं । काठमाडौंको सांस्कृतिक सम्पदामा सहयोग गर्ने अमेरिकी राजदूतको प्रस्ताव मेयर बालेन्द्र शाहले अस्वीकार गरेका छन् ।
आज भएको भेटमा उनले बरु उल्टै अमेरिकामा नेपाली संस्कृति झल्किने सम्पदा बनाए महानगरले अमेरिकालाई सहयोग गर्ने बताए ।थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ,' शाहले भनेका छन्। सामाजिक सञ्जालमार्फत् भीम रावलले गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।